logo-img

इजरायली प्रधानमन्त्री नेतन्याहूको भ्रष्टाचार मुद्दामाथि फेरि छानबिन

गाजापट्टीमा हमासविरुद्ध जारी युद्धका बाबजुद इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको भ्रष्टाचारको मुद्दा सोमबारदेखि पुनः चलेको छ । 

इजरायलको दक्षिणपन्थी लिकुड पार्टीका नेता नेतन्याहूमाथि घुसखोरी, जालसाजी र विश्वासघातको आरोप लागेको छ । लिकुडका मन्त्री डेभिड अम्सालेमले युद्धको समयमा कारबाही पुनः सुरु गर्नु ‘अपमानजनक’ भएको बताएका छन् ।

अमसलामले आइतबार सामाजिक सञ्जाल एक्स  (ट्विटर) मा भनेका छन्, ‘अबको सबैभन्दा महत्वपूर्ण कुरा युद्ध हो, वा बन्धकहरूको रिहाइ हो, वा प्रधानमन्त्री नेतन्याहूको भ्रष्टाचार मुद्दामाथिको छानबिन सुरु गर्नु हो ?’ 

नेतन्याहू र उनका सहयोगीहरूले उनीमाथि लगाइएका आरोपहरू राजनीतिबाट प्रेरित भएको तर्क गर्दै न्यायिक सुधारको प्रस्ताव गरेका छन् जसले अदालतको केही अधिकारलाई कुण्ठित गर्न सक्छ । 

यो उच्च ओहोदाको सुनुवाइ अझै केही महिनासम्म चल्ने अनुमान गरिएको छ र अपिल प्रक्रिया आवश्यकता अनुसार वर्षौंपछि जान सक्छ ।

अभियोजनकर्ताहरूले नेतन्याहू र इजरायलको बेजेक टेलिकम कम्पनीको नियन्त्रण रहेका शेयरधारकबीच फर्मको स्वामित्वमा रहेको समाचार साइटमा सकारात्मक कभरेजका लागि नियामक पक्षहरू आदानप्रदान गर्न षडयन्त्र गरेको आरोप लगाएका छन् ।



दोस्रो मामला नेतन्याहूको हलिउड निर्माता अर्नोन मिल्चन र अन्य धनी व्यक्तित्वहरूसँगको सम्बन्धसँग सम्बन्धित छ । अभियोजकहरूका अनुसार सन् २००७ देखि २०१६ को बीचमा नेतन्याहूले ७ लाख शेकेल (१ लाख ९५ हजार अमेरिकी डलर) बराबरको उपहार प्राप्त गरेका थिए ।

मुद्दा खेप्ने इजरायलका पहिलो बहालवाला प्रधानमन्त्री नेतन्याहूले कुनै पनि गलत कामको खण्डन गर्दै उपहारहरू मित्रहरूबाट मात्र स्वीकार गरिएको र आफूले नमागेको बताउँदै आएका न् । 



  • प्रकाशित मिति : मंसिर १९, २०८० मंगलबार ६:५७:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया