logo-img

राष्ट्रियसभा अध्यक्ष भन्छन्- नेताहरूले देशको आर्थिक समृद्धिका लागि राम्रो काम गर्न सकेनन्

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राजनीतिक दलका नेताहरूले मुलुकको समृद्धिका लागि राम्रो काम गर्न नसकेको टिप्पणी गरेका छन् ।  उनले राजनीतिक व्यवस्था परिवर्तनमा ठूलो त्यागसहितको संघर्ष गरेका नेताहरूले मुलुकको समृद्धिका लागि भने राम्रो काम गर्न नसकेको बताएका हुन् ।

मंगलबार काठमाडौंमा आयोजित बाल क्लबका पूर्वसदस्यको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै तिमिल्सिनाले युवा पुस्तालाई मुलुकको सुशासन र समृद्धिको लागि संघर्ष गर्न पनि आग्रह गरे । 

उनले अघिल्लो पुस्ताका नेताहरूले व्यवस्था परिवर्तनका लागि गरेको संघर्षप्रति धन्यवाद दिँदै युवा पुस्ताले मुलुकको सुशासन र समृद्धिको खाकासहित राजनीतिमा हस्तक्षेपकारी भुमिका निर्वाह गर्नुपर्ने आवश्यकता औंल्याए ।

युवाहरू विदेश जानै हुन्न भन्ने पक्षमा आफू नरहेको उल्लेख गर्दै अध्यक्ष तिमिल्सिनाले त्यहाँको सीप, ज्ञान र अनुभवलाई लिएर राष्ट्र निर्माणका लागि स्वदेशमै फर्कनुपर्ने बताए ।    

उनले देशलाई सुशासन, समृद्धि र सामाजिक न्यायको दिशामा अघि बढाउने कुरामा युवा दृढ अठोटका साथ अघि बढ्नुपर्ने बताए ।



अध्यक्ष तिमिल्सिनाले बाल क्लबमा आबद्ध युवाहरूले भावी दिनमा राष्ट्र निर्माणका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नेलक्ष्यसहित अघि बढ्नुपर्नेमा जोड दिए । 



  • प्रकाशित मिति : मंसिर १९, २०८० मंगलबार १२:४८:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया