logo-img

साउदी अरब र यूएईको भ्रमण गर्दै गर्दै पुटिन
फाइल तस्बिर

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार साउदी अरब र संयुक्त अरब इमिरेट्स (यूएई) को भ्रमण गर्दैछन् । मस्कोले युक्रेन द्वन्द्वमा पश्चिमबाट अलग्गिए पनि विदेशमा सहयोगीहरूबाट सहयोग पाउने प्रयत्न गरेको छ । 

युक्रेनमा सेना परिचालन गरेपछि पुटिनले आफ्नो अन्तर्राष्ट्रिय भ्रमणलाई सीमित गरेका छन् । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) ले उनीमाथि युक्रेनी बालबालिकालाई निर्वासित गरेको आरोप लगाउँदै उनको गिरफ्तारीको वारेन्ट जारी गरेको छ ।  

क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले मंगलबार पत्रकारहरूसँग भने, ‘राष्ट्रपति पुटिनले बुधबार संयुक्त अरब इमिरेट्स र साउदी अरबको कार्य भ्रमणमा जानुहुनेछ ।’ साउदी अरबमा पुटिनले क्राउन प्रिन्स मोहम्मद बिन सलमानसँग व्यापार, अन्तर्राष्ट्रिय राजनीति र मानवीय सहयोगमाथि छलफल गर्ने क्रेमलिनले घोषणा गरेको छ । 

उनले व्यापार, ऊर्जा, पर्यटन र शिक्षाका विषयमा यूएईमा आफ्ना समकक्षी शेख मोहम्मद बिन जायद अल नाहयानसँग छलफल गर्नुहुनेछ । क्रेमलिनले इजराइल र हमासबीचको द्वन्द्व दुवै बैठकका एजेन्डा हुने बताएको छ । 

यूएईले संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन (कोप–२८) को आयोजना गरिरहेको छ । तर, पुटिनले कुनै पनि सम्बन्धित कार्यक्रममा भाग लिने कि नलिने भनेर क्रेमलिनले निर्दिष्ट गरेको छैन ।

सन् २०२२ फेब्रुअरीमा मस्कोले युक्रेनमाथि ठूलो स्तरमा शत्रुता सुरु गरेदेखि पुटिन विदेशमा धेरै उच्चस्तरीय बैठकहरूमा सहभागी भएको छैन । ‘राजनीतिक प्रदर्शन’ बाट बच्नका लागि अगस्टमा दक्षिण अफ्रिकामा ब्रिक्स सम्मेलनमा उनी सहभागी भएनन् । 





  • प्रकाशित मिति : मंसिर २०, २०८० बुधबार ६:५८:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया