त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित दुईजना पक्राउ
फाइल फाेटाे

त्रिभुवन विमानस्थलबाट सुन भित्रिने क्रम रोकिएको छैन । गयराति मात्रै विमानस्थलबाट १४ किलो सुनसहित दुई जना पक्राउ परेका छन् ।

सुरुमा विमानस्थलबाट करिब १४ किलो सुनसहित गोरखाका चन्द्र घले पक्राउ परेका हुन् । फ्लाइ दुबईको फ्लाइटबाट बिहीबार राती काठमाडौं उत्रेका घलेलाई भन्सारले पक्राउ गरेको हो ।

बिहीबार राति ११:४० को फ्लाइ दुबईको एफजेड ५७३ को उडानबाट काठमाडौं आएका चन्द्रलाई छातीको दायाँबायाँ लुगामा सुन लुकाएर ल्याएको अवस्थामा पक्राउ गरिएको थियो।

उनीसँग सोधपुछ गर्दा सुन गोरखाकै मीनबहादुर घलेको रहेको बताएपछि विमानस्थलबाटै मीनबहादुरलाई समेत पक्राउ गरिएको हो । यस विषयमा थप अनुसन्धान भइरहेको छ ।  





  • प्रकाशित मिति : मंसिर २२, २०८० शुक्रबार ७:७:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया