logo-img

झलनाथको स्वीकारोक्ति : एमाले फुटाइनु दुर्भाग्य, मध्यरातमा ब्युँझदासमेत एमाले सम्झन्छु

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले एमाले फुटाइनु दुर्भाग्य भएको बताएका छन् । 

एक टिभी कार्यक्रममा अन्तवार्ताका क्रममा उनले आफूले कहिलेकाहीँ मध्यरातमा ब्युँझदासमेत एमालेलाई सम्झने गरेको बताए । नेकपा (एमाले)को असाध्यै याद आउने गरेको उनको भनाइ छ । 

आफूले रगत र पसिना बगाएको पार्टी भएकाले एमालेलाई कहिल्यै बिर्सन नसक्ने उल्लेख गर्दै उनले भने, ‘असाध्यै याद आउँछ, कहिलेकाहीँ मध्यरातमा ब्युँझन्छु र एमाले सम्झन्छु ।’ 

नेपालको कम्युनिष्ट आन्दोलनमा एमालेले निभाएको भूमिका आफूले मात्रै नभएर देशले नै बिर्सन नसक्ने उनले दाबी गर्दै उनले भने, ‘तर, त्यही पार्टीलाई फुटाइयो, सबैभन्दा दुर्भाग्य भयो ।’

नेता खनालले लामो राजनीतिक संघर्षपछि प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प नरहेको बताए । अहिलेको व्यवस्था राजनीतिक रुपमा उन्नत प्रणाली भएको उल्लेख गर्दै उनले लोकतन्त्र वर्गीय विभेदको अन्त्य गर्ने शासन भएको बताए ।     

सम्मानित नेता खनालले सामान्तवादी युगमा केही राजाहरू आएको बताउँदै तत्कालीन समयमा निरंकुश वंशले शासन गरेका कारण त्यो समयमा लोकतन्त्र विकास हुन नसकेको बताए । 





  • प्रकाशित मिति : मंसिर २३, २०८० शनिबार २२:३७:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया