logo-img

घरेलु मैदानमा युनाइटेडको लज्जास्पद हार

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड आफ्नै मैदानमा बर्नमाउथसँग ३–० ले पराजित भएको छ । 

गएराति ओल्ड ट्राफोर्डमा भएको खेलमा छैटौँ मिनेटमै डोमिनी सोलान्कीले गोल गर्दा बर्नमाउथले १–० को अग्रता पायो । ६८ औँ मिनेटमा फिलिप बिलिङले हेडर गोल गर्दै टिमको अग्रता दोब्बर पारे ।

७३ औँ मिनेटमा मार्कस सेनेसीले पनि हेडर गोल नै गरेपछि बर्नमाउथले ३–० को सानदार जित निकाल्यो ।  १६ खेलबाट २७ अंक जोडेको युनाइटेड छैटौँ स्थानमा छ । १३ औँ स्थानको बर्नमाउथको १९ अंक छ ।  





  • प्रकाशित मिति : मंसिर २४, २०८० आइतबार ८:४४:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया