logo-img

जेलमा रहेकी नर्गिस मोहम्मदीलाई नोबेल शान्ति पुरस्कार प्रदान

इरानको जेलमा रहेकी इरानी अभियन्ता नरगिस मोहम्मदीले यस वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गरिएको छ । उनको तर्फबाट उनका छोराछोरीले आइतबार नर्वेको राजधानीमा आयोजित एक समारोहमा यस वर्षको नोबेल शान्ति पुरस्कार ग्रहण गरेका हुन् । 

इरानमा महिला अधिकार र प्रजातन्त्रका लागि अभियान चलाउँदै आएकी मोहम्मदीका १७ वर्षीय जुम्ल्याहा अलि र कियाना रहमानी आफ्ना बुबासँग पेरिसमा निर्वासनमा बस्दै आएका छन् । 
मोहम्मदीलाई सन् २०२३ को नोबेल शान्ति पुरस्कार अक्टोबरमा दिने घोषणा गरिएको थियो । उनी हाल तेहरानको जेलमा छिन् । उनी यसअघि पनि इरानमा कैयौँ पटक पक्राउ परेकी थिइन् र कैयौँ वर्ष जेल परेकी थिइन् ।

शनिबार ओस्लोमा भएको एक पत्रकार सम्मेलनमा, कियाना रहमानीले आफ्नी आमाको सन्देश पढ्दै विरोध, प्रदर्शनकारी र मानव अधिकार रक्षकहरूको आवाजलाई विश्वमा पुर्‍याउन अन्तर्राष्ट्रिय मिडियाले खेलेको भूमिकाको प्रशंसा गरिन् ।

कियाना रहमानीले आफ्नी आमालाई फेरि भेट्ने आशा कमै रहेको बताइन् । मोहम्मदीका भाइ र पतिले ओस्लोमा पत्रकारहरूसँग आफ्नी श्रीमतीलाई ११ वर्षदेखि नदेखेको र उनीहरूका छोराछोरीले आफ्नी आमालाई सात वर्षदेखि नदेखेको बताएका थिए ।

गत वर्ष देशको कडा हिजाब सम्बन्धी कानुनको उल्लङ्घन गरेको आरोपमा २२ वर्षीया महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएपछि सुरु भएको विरोध प्रदर्शनमा मोहम्मदीले प्रमुख भूमिका खेलेकी थिइन् ।

नरगिस मोहम्मदी नोबेल शान्ति पुरस्कार जित्ने १९ औँ महिला र मानवअधिकार कार्यकर्ता शिरिन इबादीले २००३ मा पुरस्कार जितेपछि दोस्रो इरानी महिला हुन् । पुरस्कारको १२२ वर्षको इतिहासमा यो पाँचौं पटक शान्ति पुरस्कार जेलमा वा नजरबन्दमा रहेका व्यक्तिलाई दिइएको हो ।  





  • प्रकाशित मिति : मंसिर २५, २०८० साेमबार ११:५८:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया