logo-img

सातामा पाँच दिन खानुहोस् यस्ता फलफूल

अमेरिकी वैज्ञानिकहरूले लामो आयुको लागि हप्तामा पाँच दिन लगातार चार सय ग्राम फलफूल र सागसब्जी खान सुझाएका छन् । 

दिनहुँ यस्ता खानेकुरामा सन्तुलन मिलाउन सक्यौँ भने क्यान्सर जस्तो घातक रोगबाट बच्न सक्छौँ । वैज्ञानिकका अनुसार दैनिक एक सय ६० ग्राम फलफूल र दुई सय ४० ग्राम सागपात खाएपछि व्यक्तिको आयु लम्बिन्छ । निरन्तर पाँच दिनसम्म खानपानमा ध्यान दिएपछि यसको प्रभाव देखिन थाल्छ ।

विश्वभर २० लाख मानिसमा गरिएको सर्वेक्षणमा यो कुरा पत्ता लागेको हो । खानपानमा व्यवस्थापन गर्न सके मृत्युको जोखिमलाई न्यूनीकरण गर्न सकिने अनुसन्धानकर्ताले बताएका छन् । उक्त सर्वेक्षणका अनुसार फलफूल र तरकारीले आयु बढाउनुका साथै हृदय घात र क्यान्सर रोगबाट पनि बच्न सकिन्छ ।

अमेरिकन हार्ट एसोसियसनको प्रमुख पत्रिकामा प्रकाशित अनुसन्धान रिपोर्टका अनुसार हामीले दिनहुँ खाने कुनै तरकारी स्वास्थ्यको लागि अस्वस्थकर हुन्छन् । जस्तैः आलु, मकैबाट बनेका खानेकुराहरू । यी खानेकुरामा स्टार्च धेरै मात्रामा पाइने भएकाले अन्य फाइदा पुर्‍याउने सागसब्जिलाई मिसावट गरेर खान मिल्दैन ।

पछिल्लो २० वर्षदेखि विश्व स्वास्थ्य संगठनको सल्लाहमा बेलायतको नेशनल हेल्थ सर्भिसेसले मानिसहरूलाई स्वस्थ रहन आग्रह गरिरहेको छ । मानिसलाई पर्याप्त मात्रामा फलफूल, सागसब्जीको प्रयोग र मोटोपनलाई नियन्त्रण गर्न जानकारी दिइरहेको छ । अध्ययनअनुसार १० जनामध्ये एक जनाले मात्र शरीरलाई चाहिने पौष्टिक तत्त्वयुक्त खानेकुरा खाइरहेका छन् । 

अमेरिकन हेल्थ एजेन्सी सिडिसीका अनुसार अमेरिकामा दश जनामध्ये एक व्यक्तिले पर्याप्त मात्रामा फलफूल खान्छन् । त्यसैसरि बेलायतमा एकैसाथ १७ प्रतिशत मानिसहरूले फलफूल, सागसब्जीको प्रयोग गरिरहेका छन् । वैज्ञानिकका अनुसार स्वस्थकर खाना खाने यो जनसंख्या एकदम कम हो । लामो आयु लागि र रोगबाट बच्न स्वस्थकर खाना खाने बानी बसाल्नु पर्छ ।



आफ्नो नियमित खानेकुरामा विशेष जोड दिनुपर्छ । दैनिक खानपानमा पातझारयुक्त सब्जि, पालक, रायोको साग, गाजर समावेश गर्नुपर्छ । यसका साथै भिटामिन सी पर्याप्त मात्रामा पाइने फल सुन्तला, जुनारले धेरै फाइदा गर्छ । वैज्ञानिकका अनुसार यी फलफूलको जुस बनाएर खानुको सट्टा सिधै खाएपछि बढी प्रभावकारी हुन्छ । जुस बनाएर खाएपछि मधुमेह बढ्न सक्ने भएकोले सामान्य तरिकाले खानु उत्तम हुन्छ ।

एजेन्सीको सहयोगमा



  • प्रकाशित मिति : मंसिर २७, २०८० बुधबार १५:५२:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया