राष्ट्रपति पौडेल र विश्व बैंकका देशीय निर्देशक जर्भोसबीच भेटवार्ता, के भयो छलफल ?

राष्ट्रपति रामचन्द्र पौडेल र  विश्व बैंकका देशीय निर्देशक फेरीस हदाद जर्भोसबीच शिष्टाचार भेटवार्ता भएको छ । 

बुधबार राष्ट्रपति भवन शीतलनिवासमा भएको भेटमा राष्ट्रपति पौडेलले चार दशकदेखि विकास साझेदार रहेको विश्व बैंकले नेपालको आर्थिक विकास र गरिबी न्यूनीकरणमा पुर्याएको सहयोगको सराहना गरे । उनले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको नकारात्मक असर न्यूनीकरणमा बैंकले सहयोग गर्ने अपेक्षा समेत राखे ।  

जलवायु परिवर्तनका कारण हिमालयमा परेको असर नेपालको मात्र नभएर विश्वकै चिन्ता र चासोको विषय हुनुपर्ने राष्ट्रपति पौडेलको भनाइ रहेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।  

सो अवसरमा निर्देशक जर्भोसले नेपाल र विश्व बैंकबीचको सहकार्य सुदृढ रहेको बताएका थिए ।





  • प्रकाशित मिति : मंसिर २७, २०८० बुधबार १७:३:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया