दूरसञ्चार प्राधिकरणले गर्‍यो तीन सेवा प्रदायकको अनुमतिपत्र खारेज

तीन दूरसञ्चार सेवा प्रदायक  कम्पनीको अनुमतिपत्र खारेज गरिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले प्राधिकरणबाट इन्टरनेट (इ–मेलसहित) को दूरसञ्चार सेवा सञ्चालन गर्न अनुमतिपत्र प्राप्त गरेका युनाइटेड टेलिकम, म्याक्स नेट सोलुसन र चितवन नेटवर्क प्रालिको अनुमति पत्र खारेज गरेको हो ।

ती सेवा प्रदायकहरूले अनुमतिपत्र नवीकरण गर्न तोकिएको समयावधिभित्र नवीकरणबापतको दस्तुर दाखिला गरी अनुमतिपत्र नवीकरणका लागि निवेदन पेस नगरेकाले उनीहरूको अनुमति पत्र स्वतः खारेज भएको प्राधिकरणले जनाएको छ ।

ती संस्थालाई ३० दिनभित्र सम्पर्क गरी नियमअनुसार तिर्नुपर्ने रकम तिर्न पनि अनुरोध गरेको छ ।  

हेर्नुस् सूचना :





  • प्रकाशित मिति : मंसिर २८, २०८० बिहीबार ७:४८:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया