टर्कीले गाजाबाट १ हजारभन्दा बढी नागरिकको गर्‍यो उद्धार
फाइल तस्बिर

गत ७ अक्टोबरमा इजरायल र हमासबीचको द्वन्द्व सुरु भएदेखि टर्कीले गाजाबाट हालसम्म १ हजार ४७ नागरिकको उद्धार गरेको छ । टर्कीले गाजाबाट आफ्ना सबै नागरिकलाई सुरक्षित रूपमा र सकेसम्म चाँडो निकाल्ने लक्ष्य राखेको टर्कीको विदेश मन्त्रालयका प्रवक्ता ओन्कु केसेलीले बताएका छन् ।

इजरायलले ७ अक्टोबरमा दक्षिणी इजरायलमा गरेको आक्रमणको बदलास्वरूप गाजापट्टीमा हमासविरुद्ध आक्रमण गरिरहेको छ । जसमा लगभग १२ सय मानिस मारिएका थिए । 

द्वन्द्व सुरु भएदेखि प्यालेस्टिनी एन्क्लेभमा प्यालेस्टिनीको मृत्यु हुनेको संख्या १८ हजार ४ सय नाघेको छ । 





  • प्रकाशित मिति : मंसिर २८, २०८० बिहीबार १३:२३:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया