सर्वोच्चमा विचाराधीन मुद्दालाई छिटो फछ्र्यौट गर्न प्रयास गर्छु : प्रस्तावित न्यायाधीश मुसलमान

सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश अब्दुल अजीज मुसलमानले सर्वोच्च अदालतमा विचाराधीन रहेका मुद्दालाई छिटोभन्दा छिटो फर्छ्यौट गर्न आफ्नो प्रयास रहने बताएका छन् ।   

संसदीय सुनुवाइ समितिको शुक्रबारको बैठकमा आफ्नो अवधारणापत्र र कार्ययोजना प्रस्तुत गर्दै प्रस्तावित न्यायाधीश मुसलमानले सर्वोच्च अदालतमा विचाराधीन रहेका फस्र्यौट हुन नसकेका मुद्दाको छिटो फर्छ्यौट गर्न आफ्नो प्रयास रहने बताएका हुन् ।

उनले इजलासमा पेस भएका मुद्दाको सोही दिन फर्छ्यौट गर्ने पनि आफ्नो प्रयास रहने बताए । ले अनावश्यक आदेशलाई निरुत्साहन गर्ने पनि बताए । प्रस्तावित न्यायाधीश मुसलमानले साना प्रकृतिका, वैवाहिक र विशिष्टिकृत विवाद समावेश भएको मुद्दाहरूको लागि छुट्टै इजलास गठनको लागि प्रयास गर्ने आफ्नो कार्ययोजना रहेको पनि बताए ।
  
उनले आफू न्यायाधीश बनेमा ‘न्यायपालिकाको स्वतन्त्रता, न्याय सुशासन हाम्रो प्रतिवद्धता’ भन्ने नारालाई आत्मसात् गर्दै काम गर्ने पनि बताए । 





  • प्रकाशित मिति : मंसिर २९, २०८० शुक्रबार १९:५४:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया