logo-img

एउटै तरकारीमा चार सयसम्म मूल्यवृद्धि, केको भाउ कति ?

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि सार्वजनिक गरेको हरियो तरकारीको मूल्यअनुसार तरकारीको भाउ ह्वात्तै बढेको छ । एउटै तरकारीको मूल्य चार सयसम्म बढेको छ । 

कुरिलो शनिबार प्रतिकेजी ४०० रुपैयाँले मूल्य बढेर एकैदिन १२०० रुपैयाँ पुगेको छ । सोही कुरिलोको मूल्य समितिले हिजो प्रतिकेजी ८०० रुपैयाँ तोकेको थियो । 

समितिले तय गरेको तरकारीको मूल्यसूचीअनुसार शनिबार सुकेको प्याज प्रतिकेजी न्यूनतम मूल्य एक सय ३५ रुपैयाँ निर्धारण भएको छ । शुक्रबारको तुलनामा आज प्याजको मूल्य प्रतिकेजी पाँच रुपैयाँ घटेको छ ।  

आज हरियो तरकारीको निर्धारित बजार मूल्यमा हिजोको तुलनामा भिण्डी, पाकेको फर्सी, हरियो प्याज, डल्ले च्याउ, भिण्डी, कुरिलोलगायतमा मूल्य ३० रुपैयाँदेखि ४०० रुपैयाँसम्म बढेर आएको छ । 

शनिबार नेपाली ठूलो गोलभेँडा प्रतिकेजी न्यूनतम मूल्य ५० रुपैयाँ पुगेको छ । 

यस्तै, समितिले सानो गोलभेँडा लोकल १५ रुपैयाँ, रातो आलु नेपाली ३४, सेतो आलु ३०, गाजर प्रतिकेजी ४०, बन्दा लोकल ३०, स्थानीय काउली २५, मूला रातो १५, सेतो मूला ८, भन्टा लाम्चो ४०, मकै बोडी ६०, मटरकोसा १२०, घिउ सिमी लोकल ७०, राजमा सिमी १२०, लौका ५०, परवल लोकल ७०, भिण्डी १२०, फर्सी पाकेको ३३, हरियो फर्सी लाम्चो ४० रुपैयाँ न्यूनतम मूल्य निर्धारण गरेको छ । 



आज रायोको साग हिजोको तुलनामा प्रतिकेजी पाँच रुपैयाँले बढेर ३०, पालुंगो ११०, चमसुर ११०, तोरी ३०, हरियो प्याज ९०, च्याउ कन्य १६०, डल्ले च्याउ २८०, कुरिलो १२००, ब्रोकाउली ६० रुपैयाँ तोकिएको छ । 

शनिबार फलफूलमा फुजी स्याउको मूल्य हिजोको तुलनामा प्रतिकेजी २० रुपैयाँले घटेर ३०० रुपैयाँ न्यूनतम मूल्यमा बजारमा पाइनेछ । यस्तै, केरा १४०, कागती १२०, अनार ३५०, कालो अंगुर २५०, सुन्तला नेपाली १००, मौसम १४०, जुनार २००, आभोकाडो २०० र किवी २०० रुपैयाँ तोकिएको छ । 



  • प्रकाशित मिति : मंसिर ३०, २०८० शनिबार १२:३४:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया