logo-img

अमेरिकाबाट ल्याइएको ५५ किलो गाँजा विमानस्थलबाट बरामद

अमेरिकाबाट पार्सल गरी ल्याइएको ५५ किलो गाँजा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको छ । त्यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

त्यस्तै प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले काठमाडौंको बलम्बुबाट दुई जनालाई पक्राउ गरेको छ । २५ किलो चरेस करोबार गरिरहेको बेला उनीहरू पक्राउ परेका हुन् ।    
    
धादिङ गल्छीस्थित कोइलीखर्कका भीमबहादुर तामाङ र सोही ठाउँका कान्छा तामाङ पक्राउ परेका हुन् । ब्यूरोका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द थपलियाले उनीहरूमाथि अनुसन्धान भइरहेको बताए । 





  • प्रकाशित मिति : मंसिर ३०, २०८० शनिबार २२:५:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया