logo-img

सर्वोच्चमा प्रस्तावित सबै न्यायाधीशको सुनुवाइ सकियो

सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ सकिएको छ । 

सोमबार प्रतिनिधिसभाअन्तर्गतको संसदीय सुनुवाइ समितिको बैठकमा सर्वोच्चमा प्रस्तावित सबै ६ जना न्यायाधीशको सुनुवाइ सकिएको हो । 

आज सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश सुनीलकुमार पोखरेल र बालकृष्ण ढकालको सुनुवाइ सकिएसँगै प्रस्तावित ६ जनाकै सुनुवाइ सकिएको हो । 

यसअघि हिजो आइतबार महेश शर्मा पौडेल र टेकप्रसाद ढुंगानाले तथा त्यसअघि सारंगा सुवेदी र अब्दुल अजिज मुसलमानको पनि संसदीय सुनुवाइ भएको थियो । समितिबाट नाम अनुमोदन भएमा उनीहरू नियुक्तिका निम्ति योग्य हुनेछन् ।

गएको मंसिर ५ गते न्याय परिषद्ले उनीहरूलाई सर्वोच्चमा नियुक्तिको सिफारिस गरेको थियो । संसदीय समितिले प्रस्तावित न्यायाधीशका विषयमा निर्णय बुधबारको बैठकबाट गर्नेछ । 





  • प्रकाशित मिति : पुस २, २०८० साेमबार १६:२७:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया