logo-img

एमालेले अब आर्थिक समृद्धिको विशाल खाका तयार गर्दै छ : योगेश भट्टराई

नेकपा (एमाले) का सचिव एवं पूर्वमन्त्री योगेशकुमार भट्टराईले पार्टीले मुलुकको आर्थिक–सामाजिक समृद्धिको विशाल खाका तयार पार्ने बताएका छन् । पार्टीको मध्य पहाडी लोक मार्ग यात्राको क्रममा प्राप्त तथ्यहरूको आधारमा सो खाका तयारी पारी सरकारलाई दिने एमालेको योजना रहेको पनि उनले बताए । 

कुराकानीको क्रममा सचिव भट्टराईले सो यात्राको क्रममा आफूहरूले मध्य पहाडी क्षेत्रको विकासको सम्भावनालाई थेसिसको रूपमा ग्रहण गरेको र त्यसलाई विश्लेषण गरेर पार्टीले आगामी नीति तथा कार्यक्रमको रूपमा अघि बढाउने योजना रहेको पनि बताए । उनले मध्य पहाडी क्षेत्रको उद्यमशीलता, रोजगारी अभिवृद्धि गर्ने विषयमा पनि ठुलो व्यवहारिक ज्ञान प्राप्त भएको बताए ।

सचिव भट्टराईले भने, ‘एमालेको तर्फबाट अब हामी मध्य पहाडी क्षेत्रको आर्थिक, सामाजिक समृद्धिको एउटा विशाल प्रोजेक्ट, परियोजना हामी बनाउँछौँ । यो एउटा थेसिस बनायौ हामीले । थेसिसका सबै डेटाहरू आए । अब यसलाई काठमाडौंमा बसेर संश्लेषण गर्छौँ, विश्लेषण गर्छौँ । र, यसलाई एउटा डकुमेन्ट गर्छौँ । र यो मध्य पहाडी क्षेत्रको विशाल सम्भावनाको प्रोजेक्ट हुन्छ । यो प्रोजेक्ट हामी सरकारलाई पनि दिन्छौँ । योजना आयोगलाई दिन्छौँ । अरूलाई दिन्छौँ । हाम्रो पार्टी नीति अध्ययन प्रतिष्ठान छ । त्यसमा बसेर हामी गृहकार्य गर्छौँ ।’

सचिव भट्टराईले सो यात्राको क्रममा मुलुकको सामाजिक सम्बन्धलाई बलियो बनाउने काम गरेको दाबी समेत गरे ।  





  • प्रकाशित मिति : पुस ४, २०८० बुधबार १२:२७:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया