परराष्ट्रमन्त्रीको दाबी : नेपालले दिगो विकास लक्ष्य हासिल गरेरै छोड्छ
फाइल तस्बिर

परराष्ट्रमन्त्री नारायणकाप्रकाश (एनपी) साउदले नेपाल दिगो विकासको लक्ष्य हासिल गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमले सार्वजनिक गरेको एसिया प्रशान्त क्षेत्रको मानक विकास प्रतिवेदन, २०२४ मा उनले नेपालले दिगो विकास लक्ष्य हासिल गरेरै छोड्ने बताए ।

नेपालको आन्तरिक र बाह्य कारणले केही ढिलो जस्तो देखिए पनि नेपालले युवा लक्षित शिक्षा, सीपजस्ता कार्यक्रममा लगानी बढाउँदै गएकाले दिगो विकास लक्ष्य हासिल हुन सहज बन्दै गएको उनको भनाइ छ ।   

कार्यक्रममा संयुक्त, राष्ट्रिय संघ विकास कार्यक्रमको नेपाल प्रमुख आइसाने मेडागाङ्गोडा लावेले प्रतिवेदनले एसिया प्रशान्त क्षेत्रको समग्र विषयमा तथ्य सार्वजनिक गरेको बताइन् । साथै उनले प्रतिवेदनको निष्कर्ष धेरै हदसम्म नेपालको अवस्थासँग मिल्ने बताइन् । 

‘प्रतिवेदनले धेरै क्षेत्रमा रिक्तता रहेको देखाएको छ । असमानता छ, आर्थिक हैसियत र प्रभुत्वको आधारमा ५ प्रतिशत मानिसले ५० प्रतिशत मानिसलाई चलाइरहेका छन् । १८५ मिलियन मान्छे अति गरिबीमा छन्, यो एसिया प्यासिफिक क्षेत्रमा करोडौं मानिस बहुआयामिक गरिबी र त्यसले निम्त्याएको जोखिममा समेत रहेका छन्,’ लावेले भनिन् । 

यो प्रतिवेदनले यस क्षेत्रमा सरकारलाई नीति तथा कार्यक्रम बनाउन फरक ढंगले सोच्नुपर्ने अवस्था आएको आइसानेले बताइन् । सरकारले विकास निर्माणका कामसँगै मानवीय विकास र आवश्यकतालाई पनि उत्तिकै हेर्नुपर्ने भएको छ ।  





  • प्रकाशित मिति : पुस ४, २०८० बुधबार १३:२:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया