logo-img

राष्ट्रियसभा निर्वाचन : मतदाता नामावली स्वीकृत, २०४७ जनाले मतदान गर्न पाउने

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदाता नामावली स्वीकृत भएको छ । निर्वाचन आयोगले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै २ हजार ४७ जना मतदाताको नामावली स्वीकृत भएको जनाएको हो ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन् ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रदेशसभा सदस्य ५४९ जना कायम गरिएको जानकारी दिए । निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी १ हजार ४९८ जना मतदाता रहने छन् ।

स्वीकृत नामावलीमा प्रदेशसभा सदस्यतर्फको कूल मतदाता ५५० मध्ये निधन भएका प्रदेशसभा सदस्य एक जनाको नाम हटाइ ५४९ जना कायम गरिएको प्रवक्ता पौडेलले जानकारी दिए ।

गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको कूल मतदाता एक हजार ५०६ जनामध्ये निधन भएका गाउँपालिका अध्यक्ष एक, उपाध्यक्ष एक, नगरपालिका उपप्रमुख एक र निलम्बनमा परेका गाउँपालिकाका अध्यक्ष एक, नगरपालिकाका प्रमुख चार गरी जना आठ जनाको नाम हटाइ कूल एक हजार ४९८ जनाको नामावली स्वीकृत गरिएको विज्ञप्तिमा उल्लेख छ ।  

राष्ट्रियसभा सदस्य निर्वाचनमा कूल मतभार ५७ हजार ५५९ छ । आयोगका अनुसार प्रदेशसभा सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १९ छ । 





  • प्रकाशित मिति : पुस ४, २०८० बुधबार १४:३३:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया