logo-img

यूएईबाट काठमाडौं आउँदै गरेको जहाजमा यात्रुले जन्माइन् बच्चा

यूएईको सारजाहबाट काठमाडौं आउँदै गरेको जहाजको शौचालयमा यात्रुले बच्चा जन्माएकी छन् । सारजाहबाट काठमाडौं आउँदै गरेको एयर अरेविया जहाजमा यात्रुले बच्चा जन्माएकी हुन् ।

जहाज बुधबार बिहान काठमाडौंमा अवतरण गरेको थियो ।  बच्चा जन्माउने ती महिलाबारे खुलेको छैन । उक्त शिशुको भने मृत्यु भएको छ । 

काठमाडौंमा ती महिला यात्रु र मृत शिशुलाई अस्पताल लगिएको छ । यो घटनाबारे प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको र थप विवरण आउन बाँकी रहेको बताइएको छ ।  





  • प्रकाशित मिति : पुस ४, २०८० बुधबार १६:२४:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया