जनसंख्याको आधारमा स्थानीय तहमा बजेट विनियोजन हुनुपर्छ : मन्त्री यादव

खानेपानी तथा सरसफाईमन्त्री महिन्द्र राय यादवले जनसंख्याको आधारमा स्थानीय तहमा बजेट विनियोजन हुनुपर्ने बताएका छन् । बिहीबार काठमाडौंमा नेपाल नगरपालिका संघको आयोजनामा भएको राष्ट्रिय सहरी सरसफाइ सम्मेलन, २०२३ लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले स्थानीय तहमा विकासको बजेट समुचित विनियोजन हुनुपर्ने बताए । उनले सरकार कसरी स्थानीय तहलाई प्रभावकारी बनाउन सकिन्छ ? भन्नेकुरामा काम गरिरहेको उल्लेख गरे । सबै क्षेत्रको विकास जनसंख्या र भुगोलका आधारमा हुनुपर्ने बताए । उनले देशको मानव सूचकांकको आधारमा विकासको बजेट छुट्याउनुपर्ने बताए । 

उनले भने, ‘देशको मानव सूचकांकको आधारमा विकासको बजेट छुट्याउनुपर्छ । नगरपालिकालाई स्वावलम्वन, आत्मनिर्भर बनाउने हो भने जनसंख्याको मापदण्ड पूरा गर्नुपर्ने हुन्छ ।’

कार्यक्रममा बोल्दै नेपाल नगरपालिका संघका अध्यक्ष भीम ढुंगानाले संघ, प्रदेश र स्थानीय तह नमिलिकन कुनैपनि विकास निर्माणका काम सम्पन्न हुन नसक्ने बताउनु भयो । उनले संघ सरकारले स्थानीय तहलाई दिनुपर्ने अधिकार चाँडो भन्दा चाँडो दिनुपर्ने बताए ।  





  • प्रकाशित मिति : पुस ५, २०८० बिहीबार १३:२२:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया