logo-img

केही महिनामा कांग्रेसको प्रधानमन्त्री बन्छ : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अबको केही महिनामा देशमा कांग्रेसको प्रधानमन्त्री हुने दाबी गरेका छन् । जनकपुरधाममा बिहीबार प्रथम मधेस सम्मेलनको उद्घाटन सत्रमा बाेलदै थापाले साे दाबी गरेका हुन् । 

अहिले ३३२ वटा पालिका, २ हजार ६६८ वटा वडामा वडाध्यक्ष, ७ प्रदेशमध्ये ४ वटामा मुख्यमन्त्री, ९ वटामन्त्री रहेको भन्दै उनले अबको केही महिनामा कांग्रेसको प्रधानमन्त्री बन्ने बताएका हुन्।

सिंगो देशको जिम्मा कांग्रेसले लिएको भन्दै उनले अबकाे चार वर्षमा राम्राे काम गरेर देखाउनुपर्ने थापाले बताए । अहिले काम गरे ०८४ को चुनाव चिन्ता गर्नु नपर्ने उनले बताए। 

दिनहुँ भ्रष्टाचारको काण्ड सुन्दा अहिले जनता रिसाएको भन्दै थापाले
भने, ‘कुनै दिन उठ्दै गर्दा, शरणार्थी काण्डको बारेमा सुन्छ, कुनै दिन उठ्दा सुन काण्डको बारेमा सुन्छ, कुनै दिन एनसेल काण्डको बारेमा सुन्छ अहिले आएर स्टक एक्सचेन्ज काण्ड आएको छ।’

थापाले अहिले केहीले संघीयता खारेज, ०४७ को संविधानमा फर्कने, समावेशिता खारेज गर्ने, संविधान खारेज गर्ने कुरा उठेकाे भन्दै उनले यी नारा लाग्नुकाे कारण खाेज्दै निराकरण गर्नुपर्ने बताए । 





  • प्रकाशित मिति : पुस ५, २०८० बिहीबार १८:५:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया