logo-img

कांग्रेस सामूहिक नेतृत्वमा चलेन, देशभरका क्रियाशील सदस्यबाट सभापति चयन गरौँ : नेता केसी

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले क्रियाशील सदस्यबाट सभापति चयन हुने व्यवस्था गरिनुपर्ने बताएका छन्। पार्टी सामूहिक नेतृत्वमा नचलेको भन्दै उनले सभापतिका लागि देशभरका क्रियाशील सदस्यहरूबाट प्रत्यक्ष निर्वाचन गर्न माग गरेका हुन् । 
 
‘यो हाँसको चाल न बकुल्लाको चाल, जो देखिरहेका छौँ। त्यसबाट पार्टीको गति अगाडि बढ्न सक्दैन,’ उनले भने, ‘सभापतिकै मात्र नेतृत्व हो भने तमाम क्रियाशील सदस्यहरूले सभापति चुन्ने व्यवस्था गरौँ। र, सभापतिलाई सम्पूर्ण जिम्मा लगाऔँ।’

आफूहरूले निरन्तर रुपबाट सामूहिक नेतृत्व पद्धतिको निम्ति कोसिस गरेको, पार्टी सामूहिक नेतृत्वबाट चलोस् भन्ने हाम्रो इच्छा राखेको भए पनि त्यो कहिल्यै र कसैको पालामा नचलेको बताए।

केसीले पार्टीको विधानमा सुधारको आवश्यकता रहेको बताए। 





  • प्रकाशित मिति : पुस ७, २०८० शनिबार १७:३४:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया