शिक्षकको तलब निजामती कर्मचारीको भन्दा कम्तीमा एक रुपैयाँ बढी हुनुपर्छ : पूर्वशिक्षामन्त्री पौडेल

पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले निजामती कर्मचारीको तुलनामा कम्तीमा एक रुपैयाँ भए पनि शिक्षकको तलब बढी हनुपर्ने बताएका छन् ।

आइतबार प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिमा विद्यालय शिक्षा विधेयकमाथिको सैद्धान्तिक छलफलमा उनले राज्यले निजामती कर्मचारीको तुलनामा ‘एक रुपैयाँ भए पनि’ शिक्षकको तलब बढी राख्न नसके शिक्षा प्रणाली सुधार नहुने बताएका हुन् । 

उनले भने, ‘एक रुपैयाँ भए पनि शिक्षकको तलब बढी हुनुपर्छ भन्ने पक्षमा छु म । एक रुपैयाँ ठूलो कुरा होइन, राज्यले त्यसरी प्रोत्साहन नदिने हो भने शिक्षा प्रणाली सुधार्न सकिँदैन ।’

उनले शिक्षकले उठाएका माग एकपटकका लागि अन्तिम भनेर भए पनि सम्बोधन गर्न पर्नेमा जोड दिए ।





  • प्रकाशित मिति : पुस ८, २०८० आइतबार २०:५:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया