logo-img

काभ्रेमा छात्रा बलात्कार आरोपमा प्रधानाध्यापकसहित दुई शिक्षक पक्राउ
फाइल तस्बिर

एक छात्रालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले काभ्रेको पाँचखाल जोरपाटी माविका प्रधानाध्यापकसहित दुई शिक्षकलाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार पाँचखाल नगरपालिका–६ मा रहेको जोरपाटी माविको कक्षा ९ मा पढ्ने छात्रामाथि शिक्षकले होटलमा लगेर गत १९ कात्तिकमा करणी भएको घटना बाहिरिएपछि उनीहरू पक्राउ परेका हुन् ।

प्रधानाध्यापक गणेशमान गुरुङ र शिक्षक मच्छेनारायण श्रेष्ठ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख भाग्येन्द्र पुरुष ढकालले जनाकारी दिए । 

पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले विद्यालय अनुगमन गर्नेक्रममा सो घटनाको रहस्य खुलेको हो । विद्यालयका प्रधानाध्यापकले घटना लुकाउन भूमिका खेलेको र छात्रालाई अश्लील सन्देशसमेत पठाएको खुलेको छ । 

करिब दुई महिना अगाडि घटेको घटना बाहिरिएसँगै मेयरले शिक्षक र प्रधानाध्यापकलाई प्रहरीको जिम्मा लगाएका हुन् ।  





  • प्रकाशित मिति : पुस ९, २०८० साेमबार ८:५५:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया