logo-img

घाँस काट्न जंगल गएका सासू–बुहारी मृत फेला, बाघको आक्रमणमा परेको आशंका
फाइल तस्बिर

नवलपरासी पूर्व (नवलपुर) को विनयीत्रिवेणी गाउँपालिका–१ को खहरे जंगलमा सासू–बुहारीको शव फेला भेटिएको छ । स्थानीय २८ वर्षीया विष्णु पौडेल र उनकी सासू ६० वर्षीया मनादेवी पौडेल मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का प्रहरी नायव उपरीक्षक वेद बहादुर पौडेलका अनुसार उनीहरू आइतबार दिउँसो घाँस काट्न भनेर जंगलमा गएका थिए । अबेरसम्म पनि उनीहरू घर नफर्किएपछि प्रहरीको सहयोगमा खोजी सुरु गरिएको थियो । 

खोज्नेक्रममा गएराति १० बजेतिर जंगलमा दुवैजना मृत फेला परेको प्रहरीले जनाएको छ । उनीहरूको शवलाई मध्यविन्दु अस्पतालमा ल्याएर राखिएको छ ।

उनीहरूको बाघको आक्रमणबाट मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुमान छ । 





  • प्रकाशित मिति : पुस ९, २०८० साेमबार ९:२५:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया