logo-img

मेलम्चीको १७ करोड लिटर पानी २८ दिनभित्र काठमाडौं आइपुग्ने

प्रधानमन्त्री पुष्पकमल दाहालले मेलम्चीको पानी एक महिनाभित्र काठमाडौंमा ल्याउने लक्ष्यसहित काम भइरहेको बताएका छन् । मंगलबार सिंहदरवारस्थित आफ्नै कार्यकक्षबाट राष्ट्रको नाममा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । 

प्रधानमन्त्री दाहालले मेलम्चीको पानी उपयोग गर्न नपाएको गुनासो आफूले सुनिरहेको उल्लेख गर्दै ती समस्या समाधानका लागि आफूले सम्बन्धित निकायसँग छलफल गरिरहेको बताए । मेलम्ची खानेपानीको समस्याबारे आफूले सबै सम्बन्धित निकायसँग छलफल गरी समाधानका लागि काम अघि बढाएको प्रधानमन्त्री दाहालको भनाइ थियो ।

‘मेलम्चीको पानी काठमाडौं आउँदैन भन्ने भाष्यलाई गलत सावित गर्नु छ,’ उनले भने, ‘१७ करोड लिटर पानी एक महिनाभित्र सुन्दरीजलमा पु¥याउने लक्ष्यसहित २८ दिनको कम्प्याक्ट योजनासहित अहिले म काम गरिरहेको छु ।’ 

मेलम्चीको दोस्रो चरणको आयोजनाबारे पनि संवाद जारी रहेको भन्दै उनले भने, ‘त्यति मात्रै होइन खानेपानीसम्बन्धी काम गर्ने निकायको संरचनागत सुधार गर्नेतर्फ प्राथमिकता रहनेछ ।’





  • प्रकाशित मिति : पुस १०, २०८० मंगलबार २१:२४:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया