logo-img

प्रधानमन्त्रीको सम्बोधन अयोग्यताको ढाकछोप : एमाले नेता बाँस्कोटा

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारको एक वर्षबारे प्रधानमन्त्री पुष्पकमल दाहालले गरेको सम्बोधनलाई अयोग्यताको ढाकछोप पत्रको संज्ञा दिएका छन् ।
 
उनले वर्तमान गठबन्धन सरकारले बितेको एक वर्षमा एउटा पनि आशालाग्दो काम गर्न नसकेको जिकिर गर्दै प्रधानमन्त्रीले सम्बोधनमा समेटेका उपलब्धिलाई अयोग्यता ढाकछोप भनेका हुन् ।
 
एमाले सरकारले गरेका काम र अहिलेको सरकारले गरेका कामको तुलना गरेर सार्वजनिक गर्न उनको चुनौती छ ।
 
सरकारले प्रतिपक्षका कुनै पनि कुरा नसुनेको असन्तुष्टि पोखेका उनले सरकारको असफलताको सम्पूर्ण जिम्मेवारी कांग्रेसले नै लिनुपर्ने तर्क गरे ।
 





  • प्रकाशित मिति : पुस ११, २०८० बुधबार १९:४०:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया