logo-img

पार्टीमा उमेरहदको सान्दर्भिकता सकियो : झलनाथ खनाल

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीमा उमेरहदको सान्दर्भिकता नै नभएको बताएका छन् । 

पार्टीको नवौँ महाधिवेशनमा ७० वर्षे उमेरहद राखिए पनि यसको सान्दर्भिकता नदेखिएको सम्मानित नेता खनालको भनाइ थियो । बुधबारबाट ललितपुरमा सुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले लागू नगरिएकाले पार्टीमा उमेरहदको सन्दर्भ हराइसकेको दाबीसमेत गरे । 

सम्मानित नेता खनालले उमेरहद राख्ने, तर विचारवान नेताहरु जन्माउन नसकिएको पनि स्मरण गराए । आगामी महाधिवेशनमा पार्टीमा युवाहरुको व्यापक उपस्थिति हुनेगरी विधान बनाउनुपर्ने कुरामा पनि उनले जोड दिए । 

सम्मानित नेता खनालले पार्टी कमिटीका आकारहरु पनि घटाउनुपर्ने प्रस्ताव गरे । ठूलो कमिटी खर्चिलो र भद्दा हुने भएकाले यसको आकार कटौती गर्न आवश्यक रहेको उनको तर्क थियो ।





  • प्रकाशित मिति : पुस ११, २०८० बुधबार २१:१६:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया