logo-img

सिभिल हस्पिटलमा करार सेवामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलित

सिभिल सर्भिस अस्पतालमा कार्यरत करार कर्मचारी आन्दोलनमा उत्रिएका छन् । उनीहरूले आफ्ना विभिन्न माग राख्दै प्रदर्शन गरेका हुन् ।

अस्पतालमा कार्यरत रेडियोलोजी विभागका करार कर्मचारीहरूले आन्तरिक प्रतिस्पर्धाबाट पदोन्नति गर्ने निर्णयविरुद्ध विभिन्न ६ बुँदे माग राख्दै कालो ब्यानर र प्ले कार्ड प्रदर्शन गरेका हुन् ।

उनीहरूले ‘१२ वर्ष देखिको सेवाको कार्य मूल्याङ्कन खोइ, कार्य सेवा मूल्याङ्कन गर, कर्मचारीलाई उपदानको व्यवस्था गर ,१२ वर्ष देखिको सेवाको कार्य मूल्याङ्कन खोइ भन्दा अस्पताल के भन्छ ? सेवा छोडेर जाऊ भन्छ ’ भन्ने नारासहितको प्ले कार्डसहित प्रदर्शन गरेका थिए ।

उनीहरूले अस्पतालमा कार्यरत सम्पूर्ण निजामती कर्मचारीहरुको हकहितका लागि हस्पिटलको विनियमावली संशोधन गर्नुपर्ने, विनियमावली संशोधन गर्दा निजामती कर्मचारी युनियन र संघर्ष समितिका प्रतिनिधिहरूलाई अनिवार्य सहभागी गराउनुपर्ने माग राखेका छन् । 

यस्तै, लामो समयदेखि करार सेवामा कार्यरत कर्मचारीहरूको पूर्ववत् सेवा र सुविधालाई निरन्तरता दिनुपर्ने र स्थायी प्रक्रियामा लैजानुपर्ने माग पनि अघि सारिएको कर्मचारी संघर्ष समितिका संयोजक जानुका रिजालले बताइन् । 



उनका अनुसार कर्मचारीको वृत्ति विकासमा न्यायपूर्ण, समानता र पेशागत सुरक्षा कायम गर्नुपर्ने, सामाजिक सुरक्षा कोष कायम गरिनुपर्ने आवाज पनि उठाइएको छ । 



  • प्रकाशित मिति : पुस १३, २०८० शुक्रबार १२:२:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया