logo-img

दाङमा बस दुर्घटना : तीनजना गम्भीर घाइते
प्रतीकात्मक तस्वीर

दाङमा वनभोजका लागि आएका यात्रु बोकेको बस दुर्घटना भएको छ ।  

आइतबार बिहान ७ बजे बर्दियाबाट दंगीशरण–३ स्थित थारू संग्राहलाय रहेको चखौरामा वनभोजका लागि आउँदै गरेको भे १ ख २०४१ नम्बरको बस राप्ती राजमार्गअन्तर्गत अमेलिया–तुलसीपुर सडकखण्डको झञ्ज्याङ नजिकै दुर्घटनाग्रस्त भएको हो । 

घटनास्थलबाट २५ जना घाइतेको उद्धार गरी तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल ल्याइएको छ । यस्तै, चार/पाँच जनालाई कोहलपुर पठाइएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिए । 

तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । बसमा करिब ४० जना सवार रहेको प्रहरीले जनाएको छ । 





  • प्रकाशित मिति : पुस १५, २०८० आइतबार ९:४५:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया