कांग्रेस महामन्त्री शर्माले बालकोट पुगेर किन भेटे एमाले अध्यक्ष ओलीसँग ?

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमलेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । कांग्रेस महामन्त्री शर्मा ओलीलाई भेटन उनकै निवास बालकोट पुगेका थिए । 

कांग्रेस महामन्त्री शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत सो भेटबारे जानकारी दिएका हुन् । ओलीसँगको भेटमा महामन्त्री शर्माका साथमा कांग्रेसका सहमहामन्त्री जीवन परियार पनि थिए । 

शर्माले भेटवार्ताको तस्बिर सार्वजनिक गर्दै लेखेका छन्– श्रद्धेय केपी शर्मा ओलीज्यूसँग उहाँको घरमाथि पारिलो घाम ताप्दै केही पुराना स्मृति केही नवीन परामर्श !
 
‘भिन्न पृष्ठभूमि र भिन्न आस्था भएर एक ठाउँमा उभिएका थियौँ, तब सहकार्यको मार्गबाट देशले शान्ति र संविधान प्राप्त गरेको थियो,’ उनले लेखेका छन्, ‘सहकार्यको अबको चरणले शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्नु छ, संविधानप्रति अपनत्वको दायरा बढाउनु छ र समुन्नतिको यात्रामा गति बढाउनु छ ।’

०६२–६३ को जनआन्दोलनका सहयात्रीहरुले सिंगो देशको साझा कार्यभार पूरा गर्न एकातर्फ साझा दृष्टि तय गर्नुपर्ने र अर्कोतर्फ त्यो दृष्टिमा नयाँ दलहरूलाई पनि सँगै सहकार्यमा गाँसेर अघि बढ्नुपर्ने उनको भनाइ छ । 

कांग्रेसले मेलमिलाम दिवस पारेर आयोजना गरेको कार्यक्रमप्रति संकेत गर्दै शर्माले लेखेका छन्, ‘भोलि पुस १६ गते अपराह्न १.०० बजे प्रज्ञा भवन कमलादीमा हामी सँगै हुनेछौँ । आउनोस् केही भावना साटौँ, केही संकल्प गरौँ !’

 





  • प्रकाशित मिति : पुस १५, २०८० आइतबार २१:५१:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया