logo-img

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई चुनावी उम्मेदवारीबाट रोकियो

कारागारमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनका अधिकांश समर्थकहरूलाई आगामी ८ फेब्रुअरीमा हुने निर्वाचनका लागि उम्मेदवारका रूपमा अस्वीकार गरिएको छ । पार्टीका अधिकारीहरूले आइतबार मतपत्रका लागि मनोनयन बन्द भएपछि सो कुरा बताएका हुन् । 

पूर्वप्रधानमन्त्री अगस्टदेखि कारागारमा छन् । उनले धेरै मामिलामा मुद्दाको सामना गरिरहेका छन् । उनले आफ्नो पाकिस्तान तेहरिक–ए–इन्साफ ९पिटिआई० पार्टीको प्रमुखका रूपमा निर्वाचन लड्नबाट रोक्नका लागि षड्यन्त्र गरिएको बताएका छन् ।

पूर्वक्रिकेट स्टार खानलाई यस वर्षको सुरुमा भ्रष्टाचारमा दोषी पाइएको थियो तर एक अदालतले उनको तीन वर्षको सजायलाई निलम्बित गरिदिएको छ र अभियोगविरुद्ध पुनरावेदन भइरहेको छ । 

पाकिस्तानको निर्वाचन आयोग (इपिसी) ले दोषी ठहर भएपछि उनलाई पदबाट अयोग्य घोषणा गरेको छ तर पिटिआईले त्यसको बेवास्ता गर्दै खानका लागि उम्मेदवारी दर्ता गर्‍यो । पिटिआईका प्रवक्ता रउफ हसनले भने, ‘इमरान खानसहित पिटिआईका करिब सबै राष्ट्रिय तथा प्रान्तीय नेताहरूको उम्मेदवारी अस्वीकार गरिएको छ, हाम्रा ९० देखि ९५ प्रतिशत उम्मेदवारको कागजपत्र रद्द भएको छ ।’

उनले पिटिआईलाई ६ सातामा हुने निर्वाचनमा लड्नबाट रोक्नका लागि एजेन्डाअन्तर्गत रोक्ने काम भइरहेको बताए । ‘यसका लागि सबै रणनीति अपनाइएको छ तर हामी कुनै पनि हालतमा राजनीतिक मैदान छाड्ने छैनौँ र निर्वाचन बहिष्कार पनि गर्दैनौँ,’ उनले भने । 





  • प्रकाशित मिति : पुस १६, २०८० साेमबार ७:९:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया