logo-img

बालकुमारी घटनाका पीडित परिवारलाई क्षतिपूर्ति मात्र होइन रेखदेख पनि गर्नुपर्छ : चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले बालकुमारी घटना पीडितलाई १० लाख क्षतिपूर्ति दिएर समस्या समाधान नहुने बताएका छन् । 

बालकुमारी घटनाबारे आज राज्य व्यवस्था समितिको बैठकमा उनले पीडितलाई १० लाख दिएर समस्या समाधान नभइ झन् पीडित ठगिने भन्दै सरकारले पीडितका परिवारको रेखदेख गर्नुपर्ने माग गरे । 

‘लोकतन्त्र र गणतन्त्र माथि नै प्रहार भइरहेको छ । किन प्रहार भइरहेको छ ? हामीले लोकतन्त्र र गणतन्त्र त ल्यायौं तर नेपाली जनतालाई के दियौँ ? अब पीडितहरूलाई हामीले १० लाख दिएर समस्या समाधान हुँदैन । अरू यस्ता पीडित थपिन्छन् । त्यसैले सरकारले उहाँहरूको परिवारको रेखदेख गर्नुपर्छ । जसले गल्ति गरेको छ छानबिन गर्नुपर्छ,’ सांसद केसीले भने ।

उनले सो घटना नयाँ युवाको आक्रोशलाई उठाएर धमिलिएको पानीमा माछा टिप्ने खेल पनि हुन सक्ने आशंका व्यक्त गरे ।

‘जहाँसम्म अस्तिको घट्नाको कुरा छ । यो सरकार बनेदेखि नै यस्तै आन्दोलन त भइरहेको थियो । यहाँ यो नयाँ युवाहरूको आक्रोशलाई उठाएर धमिलिएको पानीमा माछा टिप्ने खेल पनि हुन सक्छ है ? जसरी हामीले यो घटनालाई सोझो पारामा हेरिरहेका छौँ त्यो नहुन सक्छ,’ केसीले भने । 





  • प्रकाशित मिति : पुस १६, २०८० साेमबार १२:४३:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया