logo-img

जापानमा भूकम्प : मृतकको संख्या १३ पुग्यो, खोज तथा उद्धार कार्य जारी

जापानमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १३ पुगेको छ । जापानी समाचार संस्था क्योदोका अनुसार सोमबार गएको ७.६ म्याग्निच्युडको भूकम्पमा  परी मंगलबार बिहानसम्म १३ जनाको मृत्यु भएको हो ।  

भूकम्पले इशिकावा प्रान्तको वाजिमा सहर सबैभन्दा धेरै प्रभावित भएको छ । त्यहाँका सयौं घर तथा भवनहरू भग्नावशेषमा परिणत भएका छन् ।

उद्धार तथा बचाउ कार्य जारी रहेको छ । केही क्षेत्रमा अझै पनि आगो बलिरहेको छ । लगातारको परकम्प तथा सडकमा भग्नावशेष रहेकाले भूकम्पपछि आगलागी भएका भवनको आगो निभाउन समस्या भएको जापानी अधिकारीले बताएका छन् । 



वाजिमा नगर अस्पतालमा मृत्यु भएका सात शव रहेको अधिकारीले जानकारी दिएका छन् । भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएकोमा मंगलबार बिहान त्यसलाई हटाइएको छ । 

सोमबार राति वाजिमा बन्दरगाहामा १.२ मिटर अग्लो समुद्री छालले हिर्काएको थियो । मंगलबार बिहान एनएजकेले प्रसारण गरेको भिडियो फुटेजमा वाजिमा सहरको केन्द्रमा रहेको सात तले भवनमा आगो बलिरहेको देखिएको छ ।

भूकम्पका कारण ११ घण्टासम्म फसेको चार बलुटे ट्रेन आफ्नो स्टेसनमा पुगेको एनएचकेले जनाएको छ ।  





  • प्रकाशित मिति : पुस १७, २०८० मंगलबार ८:५७:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया