नेप्सेमा ३० अंकको गिरावट

साताको दोस्रो कारोबार दिन आज सेयर बजार मापक नेप्से परिसूचक ३०.०५ अंकले घटेको छ । मंगलबार नेप्से १.४५ प्रतिशतले घटेर २०३०.१० विन्दुमा कायम भएको छ । 

३०५ धितोपत्रको एक करोड १० लाख ६९ हजार ९६८ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा चार अर्ब ४  ४ करोड ४६ लाख ६० हजार ३१४ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । 

३०५ वटा विभिन्न कम्पनीको कारोबार भएकोमा आज २०५ 
कम्पनीका लगानीकर्ताले लगानी गुमाए भने ३७ कम्पनीका लगानीकर्ताले कमाएको नेप्सेले जनाएको छ । 

आज १३ वटै उपसमूहको समूहगत सूचक घटेको छ । होटेल तथा पर्यटन उपसमूहको समूहगत सूचक सर्वाधिक ३.२१ प्रतिशतले घटेको छ ।

चिखुवा खोला हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ भने हिमालयन हाइड्रोपावरको मूल्य १० प्रतिशतले घटेको छ ।





  • प्रकाशित मिति : पुस १७, २०८० मंगलबार १६:२६:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया