घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदै छ किनबेच ?

नेपाली बजारमा आज बुधबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य अघिल्लो दिनको तुलनामा आज प्रतितोला दुई सय रूपैयाँ घटेको हो ।

यसअघि मंगलबार सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँ बढेको थियो । आज भने मूल्य घटेसँगै छापावाल सुन प्रतितोला एक लाख २० हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २० हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

मंगलबार छापावाल सुन प्रतितोला एक लाख २१ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २० हजार चार सय रूपैयाँमा कारोबार भएको थियो ।

अघिल्लो दिनको तुलनामा आज चाँदी प्रतितोला १० रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला एक हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  





  • प्रकाशित मिति : पुस १८, २०८० बुधबार ११:३३:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया