परराष्ट्रमन्त्री साउद र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

नेपाल भ्रमणमा आएका भारतीय विदेशमन्त्री एस जयशंकर र परराष्ट्रमन्त्री एनपी साउदबीच भेटवार्ता भएको छ । विदेशमन्त्री जयशंकर नेपाल–भारतको संयुक्त आयोगको बैठकमा भाग लिन काठमाडौं आइपुगेका हुन् । 

भेटमा नेपाल र भारतबीचको ऊर्जा तथा जलस्रोत, व्यापार तथा परिवहन, शिक्षा, संस्कृति र विभिन्न समसामायिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ । दुई जनामन्त्रीबीचमा दुई देशको सम्बन्धलाई अझै उचाइमा पुर्‍याउने विषयमा पनि छलफल भएको छ । 

मन्त्री जयशंकरसँगको बैठकपछि मन्त्री साउदले आर्थिक सम्बन्ध, कनेक्टिभिटी, व्यापार तथा परिवहन, ऊर्जा र जलस्रोत तथा राजनीतिक लगायतका विषय विषयवस्तुमा कुराकानी भएको बताएका छन् ।





  • प्रकाशित मिति : पुस १९, २०८० बिहीबार १६:२:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया