अब एकै ठाउँमा उभिऔँ, घृणाले घृणाको आगोलाई जलाइदिऔँ : पूर्वराजा

पूर्वराजा ज्ञानेन्द्र शाहले अनुहार फेरिफेरि षड्यन्त्र नगर्न दलका नेतालाई चेतावनी दिएका छन् । बिहीबार भैरहवामा आयोजित नागरिक अभिनन्दनका क्रममा उनले शीर्ष नेताप्रति इंगित गर्दै उनले अनुहार फेरि फेरि षड्यन्त्र नगर्न चेतावनी दिएका हुन् । 

अब अन्याय, अत्याचार मुक्त गर्नुपर्ने र षड्यन्त्र गर्नेहरुको चालबाट आफूलाई बचाउनुपर्ने बेला भएको बताउँदै उनले देशलाई खोक्रो पार्ने गरी चलिरहेको आजको चलन चल्तीमा व्यापक हेरफेर र सुधार गर्नुपर्ने जरुरी रहेको बताए । 

वीरता, पराक्रम, पुरुषार्थ र उच्च मूल्य मान्यतामा रहेको नेपाल आज सबैले हेप्ने, सबैले छड्के आँखाले हेर्ने, अपमानित जस्तो बन्दै गएको अनुभूति भएको बताए । 

‘हामी झनै परनिर्भर, परावलम्वी बन्दै गइरहेका छौँ । सदाचारी राजनीतिको युग बितिसकेको छ । हामी चिसो बहानामा बाँचिरहेका छौँ,’ उनले भने, ‘हामी अब एकै ठाउँमा उभिऔँ । घृणाले घृणाको आगोलाई कतै जलाइदिऔँ । पहिले यो आगोलाई मिलेर निभाइदिऔँ ।’ 

सदाचारी राजनीतिको युग बितिसकेकाले अब फेरि सबै एक हुन जरुरी रहेको पूर्वराजा शाहले बताए । 





  • प्रकाशित मिति : पुस १९, २०८० बिहीबार २१:२४:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया