logo-img

जर्मनीका महान फुटबलर फ्रान्ज बेकेनबाउरको निधन

जर्मनीका महान फुटबलर फ्रान्ज बेकेनबाउरको निधन भएको छ । उनको ७८ वर्षको उमेरमा निधन भएको हो । बेकेनबाउर खेलाडी र प्रशिक्षकको दुवै भूमिकामा फिफा विश्वकप जित्नेमध्येका एक व्यक्ति हुन् ।

‘गहिरो दुःखको साथ हामी घोषणा गर्दछौँ कि मेरो श्रीमान् र हाम्रा बुबा, फ्रान्ज बेकेनबावरको आइतबार परिवारको साथमा शान्तिपूर्वक निधन भयो,’ बेकेनबाउरको परिवारले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।

उनले सन् १९७४ मा पश्चिम जर्मनीको कप्तानको रूपमा र १९९० मा प्रशिक्षकको रूपमा विश्वकप जितेका थिए । बेकेनबाउरले सन् १९६६ को विश्वकपमा २० वर्षको उमेरमा चार गोल गर्दै प्रतियोगिताको उत्कृष्ट युवा खेलाडीको उपाधिसमेत पाएका थिए । 

उनले फिफा विश्वकप, युरोपियन कप तथा सन् १९७२ र १९७६ मा दुई बालोन डिसमेत जितेका छन् । 





  • प्रकाशित मिति : पुस २४, २०८० मंगलबार ९:३:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया