logo-img

कोशी प्रदेशका सभामुखलाई फिर्ता बोलाउन राप्रपाको निर्देशन

राष्ट्रिय प्रजातन्त्र पार्टीले कोशी प्रदेशको सभामुख  अम्वरबहादुर विष्टलाई फिर्ता बोलाउन निर्देशन दिएको छ । 

विष्ट मंगलबारै सभामुखमा निर्विरोध निर्वाचित भएका थिए । आजै उनले शपथ पनि लिइसकेका छन् । 

राप्रपाको निर्देशन समितिको बैठकले विष्टलाई फिर्ता बोलाउन केन्द्रीय कार्य समिति–कार्य सम्पादन समितिलाई निर्देशन दिएको हो । 

पर्टीका केन्द्रीय निर्देशन समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रेस विज्ञप्ति जारी गर्दै सभामुख विष्टलाई फिर्ता बोलाउन निर्देशन दिएका हुन् । 

‘पार्टी अध्यक्ष समेत सहभागिता रहेको पार्टीको पदाधिकारी बैठकमा कोशी प्रदेशको सभामुख पदमा उम्मेदवारी दिने या नदिने भन्ने बुँदामा व्यापक छलफल भएको हो,’ विज्ञप्तिमा भनिएको छ, ‘छलफलमा पार्टीले सञ्चालन गर्ने आन्दोलनलाई समेत दृष्टिगत गर्दा पदमा जानु उपयुक्त नहुने सहमति भएको हो । तर यस विपरित आज कोशी प्रदेशमा सभामुखको लागि उम्मेदवारी दिनु भएको छ । अतः निर्देशन समितिले सभामुखको उम्मेदवारी फिर्ता गर्न आवश्यक कदम चाल्न केन्द्रीय कार्य समिति–कार्य सम्पादन समिति निर्देशन गर्दछ ।’





  • प्रकाशित मिति : पुस २४, २०८० मंगलबार २१:१४:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया