logo-img

इजरायली हवाई आक्रमणमा थप ९० प्यालेस्टाइनीको मृत्यु

गाजामा क्षेत्रमा इजरायलले गरेको हवाई आक्रमणमा परी थप ९० जनाको मृत्यु भएको छ । बुधबार इजरायलले गरेका दुई अलग–अलग हवाई आक्रमणमा थप ९० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

सिन्ह्वा समाचार एजेन्सीको रिपोर्टअनुसार गाजास्थित स्वास्थ्य मन्त्रालयले इजरायलले गाजाको केन्द्रमा रहेको आवासीय क्षेत्रमा बमबारी गरेको गरेको जनाएको छ । 

उक्त आक्रमणमा भौतिक क्षति हुनुका साथै ५८ जनाको मृत्यु भएको छ । भवन ध्वस्त भएको छ र ५८ जनाको मृत्यु भएको छ । धेरै मानिस आक्रमणमा परि कयौं घाइते भएका छन् । 

इजिप्टको सिमानामा रहेको रफाहमा रहेको एउटा भवन पनि इजरायली आक्रमणबाट ध्वस्त भएको थियो । उद्धारकर्मीले भग्नावशेषबाट १५ जनाको शव निकालेका छन् ।

गाजाको स्वास्थ्य मन्त्रालयले दक्षिणी गाजा पट्टीको खान युनिस सहरमा इजरायली आक्रमणमा १४ जनाको मृत्यु भएको बताएको छ । 



गाजाको जबलिया सहरमा रहेको एउटा घरको भग्नावशेषबाट नागरिक रक्षा टोलीले पाँच जनाको शव र दर्जनौं घाइतेलाई निकालेको छ । गाजाको स्वास्थ्य मन्त्रालयले गत ७ अक्टोबरमा इजरायलले सुरु गरेको युद्धमा अहिलेसम्म २३ हजार प्यालेस्टिनी नागरिकको मृत्यु भएको जनाएको छ ।

यस्तै, ५० हजारभन्दा बढी घाइते भएका छन् । यी संख्यामध्ये आधाभन्दा बढी बालबालिका र महिला छन्। गाजा पट्टीमा पनि ठूलो संख्यामा विस्थापन भइरहेको छ ।  गाजाका करिब २३ लाख जनसंख्याको ८० प्रतिशतभन्दा बढीले सुरक्षित स्थानमा शरण लिनु परेको छ । 



यो लडाई इजरायलमा अक्टोबर ७ मा हमासको हमलापछि सुरु भएको हो । यस हमलामा करिब १ हजार २ सय जनाको मृत्यु भएको थियो । त्यसयता इजरायलले गाजा पट्टीमा लगातार बम वर्षा गरिरहेको छ ।

इजरायलले हमासलाई लक्षित गरी हमला गरिरहेको र यसलाई पूर्णरूपमा ध्वस्त गरेर मात्र युद्ध रोक्ने बताएको छ । ​अर्कोतर्फ हमासले इजरायलले गाजाका आवासीय भवन, विद्यालय र अस्पताललाई लगातार निशाना बनाएको जनाएको छ ।   

  • प्रकाशित मिति : पुस २६, २०८० बिहीबार ९:२०:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया