logo-img

रोहित पौडेल एपिएफमै फर्किए
फाइल तस्बिर

राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले विभागीय क्लब त्रिभुवन आर्मी छाडेका छन् । 

त्रिभुवन आर्मी क्लबका क्रिकेट प्रशिक्षक चन्द्र सावदले रोहितले केही दिनअघि क्लब छोडेको पुष्टि गरे । रोहित अब अर्को विभागीय क्लब सशस्त्र प्रहरी बल (एपीएफ) बाट व्यावसायिक क्रिकेट खेल्नेछन् ।

उनी पछिल्लो केही वर्षयता आर्मी क्लबबाट प्रतियोगिता खेल्दै आएका थिए । आर्मीमा जोडिनुअघि रोहित एपिएफमा आबद्ध थिए ।

उनले सन् २०१८ मा एपिएफबाट खेलेर प्रधानमन्त्री कपको राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेका थिए ।
 





  • प्रकाशित मिति : पुस २६, २०८० बिहीबार १३:३९:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया