logo-img

नेपाल भाषाको लागि बजेट व्यवस्थापन गर्छौँ : उपप्रमुख डंगोल

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले नेपाल भाषाको तालिमको लागि महानगरपालिकाले बजेट संशोधन गर्ने बताएकी छन् । बिहीबार इ–लाईब्रेरीको उद्घाटन गर्दै उनले सामुदायिक विद्यालय मात्रै होइन, संस्थापक विद्यालयले पनि यसमा ध्यान दिनुपर्ने भन्दै महानगरपालिकाले तालिमको लागि बजेट व्यवस्थापन गर्ने बताइन् । 

उनले भनिन्,‘महानगरपालिकाको हरेक स्कुल र पाठयक्रममा नेपाल भाषा राख्न पनि सकिन्छ । यसको प्रभावकारिता, अध्ययन अनुसन्धानको साथै तालिम पनि आवश्यक हुन्छ । तालिमको लागि बजेट छैन भन्ने छ तर बजेट संशोधन गर्न यही मञ्चबाट भन्न चाहन्छु ।’

उनले इ–लाईब्रेरी प्रभावकारिता दिर्घकालिन हुने बताउँदै एकपटकको लगानीले धेरै काम गर्न सकिने औंल्याइन् । यसले नेपाल भाषालगायत अन्य विषयको अध्ययन अनुसन्धानको लागि पनि सहयोग गर्ने बताइन् । 

इ-लाइब्रेरीमा नेपाल भाषाको पाठ्यक्रम सजिलै र सबैको लागि उपलब्ध गराउने हो भने नेपाल भाषाको क्षेत्र अझ सुधार हुने पनि उनको भनाइ छ ।





  • प्रकाशित मिति : पुस २६, २०८० बिहीबार १४:३२:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया