logo-img

पृथ्वीजयन्ती मनाउनेक्रममा वीरगञ्जमा राजावादीबीच विवाद
फाइल तस्बिर

वीरगञ्जमा ३०२औँ पृथ्वी जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउनेक्रममा विवाद भएको छ । वीरगञ्जमा घण्टाघरमा ३०२ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसमा राखिएको कार्यक्रममा ब्यानर राख्ने विषयमा राजावादीहरूबीच नै विवाद भएको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो ब्यानर राख्न खोजेपछि अन्य राजावादी समर्थकले विरोध गरेका थिए । त्यसपछि दुई पक्षबीच भनाभन भएको थियो । 

पृथ्वी नारायण शाहको जन्म जयन्तीमा कुनै पार्टीको ब्यानर राख्ने निर्णय नभएकोले राप्रपाले ब्यानर राख्दा भनाभन भएको राष्ट्रिय नागरिक संघ समितिका जिल्ला संयोजक उपेन्द्र यादवले जानकारी दिए । यद्यपि केही बेरमै विवाद सुल्झाइएको उनले बताए ।  





  • प्रकाशित मिति : पुस २७, २०८० शुक्रबार १६:४३:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया