logo-img

प्रधानमन्त्री कप : रोहित पौडेलको कप्तानीमा एपिएफको टोली घोषणा
फाइल तस्बिर

गत संस्करण विजेता नेपाल एपिएफ क्लबले प्रधानमन्त्री एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि टिम घोषणा गरेको छ । एपिएफले रोहितकुमार पौडेलको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो ।

रोहितले यही प्रतियोगितामार्फत एपिएफको कप्तानी गर्नेछन् । उनी शुक्रबार मात्र नेपाल आर्मी क्लब छाड्दै एपिएफको कप्तानमा नियुक्त भएका थिए ।  

एपिएफले पछिल्लो दुवै संस्करणको प्रधानमन्त्री कपको उपाधि जितेको थियो । ऊ यसपटक पनि उपाधि जित्दै ह्याट्रिक गर्न चाहन्छ । आसन्न संस्करणको प्रधानमन्त्री कप शनिबारदेखि सुरु हुँदैछ ।   

प्रतियोगिताका खेल काठमाडौंको त्रिवि मैदान र मूलपानी तथा भैरहवाको सिद्धार्थ रंगशालामा हुनेछन् । प्रतियोगिता राउन्ड रोबिनको आधारमा हुनेछ ।

एपिएफको क्रिकेट टोली : रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, प्रदीप ऐरी, सुमित महर्जन, भुवन कार्की, अमर सिंह रौउटेला, पुरन बिक, लोकेश बाम, अविनाश बोहोरा, सन्दीप जोरा, मौसम ढकाल, इर्साद अहमद, रमेश कुर्मी, र प्रज्वल शाही ।

वैकल्पिक खेलाडी : यज्ञमान कुमाल, आयुष्मान बाम, निर्मल थापा र आयुष बानियाँ । 






  • प्रकाशित मिति : पुस २७, २०८० शुक्रबार २१:१७:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया