logo-img

चलचित्र ‘म्याउँ’ घोषणा, मुख्य भूमिकामा अनुप र उत्तम

अभिनेताद्वय अनुप विक्रम शाही र उत्तम प्रधानको प्रमुख अभिनय रहने गरी नेपाली चलचित्र ‘म्याउँ’ बन्ने भएको छ । माघे सक्रान्तिको अवसर पार्दै चलचित्रको प्रथम भाग घोषणा गरिएको हो ।  

अनुपको लागि महत्त्वाकाङ्क्षी तथा उत्तमको कमब्याक रहने यो चलचित्रलाई लेखन, निर्देशन तथा निर्माण ज राज रायको रहनेछ । जय मिडिया म्यानेजमेन्टको प्रस्तुतिमा बन्ने यस चलचित्रमा प्रमुख भूमिकाको लागि अभिनेत्रीको भने टुङ्गो नलागेको निर्देशक रायले बताए ।
 
दक्षिण भारतीय चलचित्र सङ्गीतका प्रख्यात एजे अलीमिर्जाक नौशाद अलीले सङ्गीत दिने यस चलचित्रमा दक्षिण भारतीय चलचित्रका पार्श्व गायक गायिका साई भिग्नेश, पद्मलताले स्वर दिनेछन् ।  

दक्षिण भारतीय चलचित्रकै प्रख्यात सिनेमाटोग्राफर आकाश कुमारको डिओपी रहने ‘म्याउँ’मा लक्ष्मण सुनारले एसोसियट निर्देशन तथा सम्पादन गर्नेछन् ।



यस चलचित्र चीनमा पनि रिलिज हुनेछ । जसको लागि चिनिया वितरक साउथ एसिया मेरीटाईम सिल्क रोड (फुजियान) इन्टरनेसनल मिडिया को। लि। चलचित्रमा आबद्ध भइसकेको छ ।  

जेनी खतिवडा राय, केन्द्र रेग्मी र प्रिन्सकुमार चौधरी सह–निर्माता रहेको चलचित्रकी कार्यकारी निर्माता निशा खतिवडा हुन् । 





  • प्रकाशित मिति : माघ १, २०८० साेमबार १२:१:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया