logo-img

गाँजा र लाेकल रक्सीलाई वैधानिकता दिने मुख्यमन्त्रीकाे वाचा

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गाँजा र लाेकल रक्सीलाई प्रदेश सरकारले वैधानिकता दिने बताएका छन् ।

बाग्लुङकाे जैमिनी नगरपालिका र स्थानीय सहारा युवा क्लबले आयोजना गरेको माघे संक्रान्ति मेला तथा तेस्रो जैमिनी मेला उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले यस्ताे वाचा गरेका हुन् । 

नेपालकाे ग्रामीण क्षेत्रमा बसाइँसराइ, खेतबारी बाँझो राख्ने र आयातले आर्थिक अवस्था कमजोर भएको भन्दै मुख्यमन्त्री पाण्डेले यी दुई विषयमा तत्काल वैधानिकताको आवश्यकता देखिएको बताए । आगामी हिउँदे अधिवेशनमा सरकारले ती विषयमा कानुन बनाउन पहल गर्ने उनले बताए । 

उपयोगको मापदण्ड पनि सरकारले बनाउने दाबी गर्दै उनले भने, ‘गाँजालाई वैधानिकता दिन सकियो भने बाँझो जमिन उपयोग हुन्छ, युवाहरुको आम्दानीको स्राेतसमेत बढ्दा विदेश पलायन रोक्न सकिन्छ ।’ 
 
स्थानीय कोदोबाट बनाइने रक्सीलाई वैधानिकता दिने गरी हिउँदे अधिवेशनमा सरकारले विधेयक ल्याउने मुख्यमन्त्री पाण्डेले बताए ।





  • प्रकाशित मिति : माघ १, २०८० साेमबार १८:४०:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया