कामपाले अघि बढाउँदै छ १० गौरवका योजना

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले तीन वर्षको कार्यकालसम्म पूरा गर्ने प्रतिबद्धताका साथ १० वटा गौरवका योजनाहरु अघि सारेको बताएकी छन् । 

महानगरपालिकाको ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ कार्यक्रमको उद्घाटनका अवसरमा मंगलबार उनले यी योजना रोजगारी बढाउने रहेको बताइन् । उनका अनुसार यी योजनाका लागि १० करोडको बजेट विनियोजन गरिएको छ । 

उनले भनिन्, ‘हाम्रो बाँकी तीन वर्षको कार्यकालसम्म हामीले पूरा गर्ने प्रतिबद्धताका साथ १० वटा गौरवका योजनाहरु अघि सारेका छौँ । ती योजनाहरुले पनि तीन वर्षमा एउटा ठोस परिणाम दिने छ भन्ने हामीले अपेक्षा गरेका छाैँ । यसपटकको बजेटमा भने यो कार्यक्रमलाई अघि सार्नका लागि १० करोड विनियोजन गरेका छौँ ।’
 
उनले गौरवको योजनाहरु रोजगारीसँग नै जोडिएको भन्दै ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ भन्ने नाराको साथमा कार्यक्रमलाई अगाडि बढाएको बताइन् । 

बजेट विनियोजनसँगै कम्तीमा महानगरबासी र निश्चित क्षेत्रका एक हजार जनालाई रोजगारी दिन सक्ने क्षमता राख्नुपर्छ भन्ने लक्ष्य लिएको पनि उनको भनाइ छ । 

उनले भनिन्, ‘बजेट विनियोजनसँगै हामीले एउटा लक्ष्य पनि लिएका छौँ, कम्तिमा पनि हामीले हजार जनालाई महानगरबासीलाई र निश्चित क्षेत्रका मानिसलाई रोजगारी दिन सक्ने क्षमता राख्नुपर्छ भनेर लक्ष्य लिएका छौँ । सोही क्रममा हामीले विविध क्षेत्रहरुमा रोजगारीका कामहरु अघि बढाउदै छौँ ।’ 
उनले आजको कार्यक्रमको लक्ष्य पनि कम्तीमा ४ हजार जनाले तालिम र रोजगारीको अवसर पाउनुपर्ने रहेको बताइन् । 
 





  • प्रकाशित मिति : माघ २, २०८० मंगलबार २०:१९:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया