logo-img

काठमाडौं क्रियाशील नभइ एमालेको ‘मिसन ८४’ पूरा हुँदैन : आनन्द पोखरेल

नेकपा एमालेका नेता आनन्द पोखरेलले काठमाडौं क्रियाशील नभएसम्म एमालेको मिसन ८४ पूरा नहुने बताएका छन् । त्यसका लागि सर्वप्रथम काठमाडौंमा विजय हासिल गर्नुपर्ने उनको भनाइ छ । 

नेकपा एमालेको काठमाडौं जिल्ला कमिटी भेलालाई सम्बोधन गर्दै उनले काठमाडौंसँगै पूरै मुलुकलाई ब्यूँझाउन आवश्यक रहेको औंल्याउँदै त्यसका लागि सर्व प्रथम काठमाडौं क्रियाशील हुन आवश्यक भएको बताए । 

उनले भने, ‘हामीले सिंगो देशलाई सन्देश दिनुपर्नेछ । त्यसका लागि काठमाडौं विजय हासिल नगरिकन मिसन ८४ पूरा हुन सक्दैन अर्थात् काठमाडौंबाटै क्रियाशीलता बढाउनुपर्छ ।’

उनले काठमाडौंमा माघ २० गते युवा अभियान एवं युवा महोत्सव आयोजना गर्न लागेको भन्दै यसलाई सामान्य रूपमा नलिन आग्रह गरे । एक दिन गरेको कामले मुलुक जाग्ने भन्दै महोत्सव एमालेका लागि मात्र नभइ तमाम विद्यार्थीहरू एवं युवाहरूका लागि केन्द्रित गरिएको बताए । 

उनले भने, ‘हाम्रो महत्त्वपूर्ण कार्यभार भनेको युवा परिचालन हो । युवाको नेतृत्वबाट विकास सम्भव छ । युवालाई परिचालित गरेर पार्टीमा युवाप्रतिको आकर्षण बढाउनुपर्नेछ । पहिलो पटक ७५ जिल्ला मध्ये काठमाडौंले माघ २० गते युवा अभियान वा युवा महोत्सवको योजना बनाएको हो । यसलाई सामान्य रूपमा नहेरौँ । हामीले लिएको लक्ष्य अनुसार १० हजार युवा परिचालन गर्न सकियो भने काठमाडौंलाई मात्रै होइन, सिंगो मुलुकलाई फाइदा हुन्छ ।’





  • प्रकाशित मिति : माघ ३, २०८० बुधबार १२:२६:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया