logo-img

खानेपानी मन्त्रालयको आग्रह- धारामा मेलम्चीको पानी नआए फोन गर्नू


काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी पुनः वितरण सुरु गरेको दुई दिनपछि खानेपानी मन्त्रालयले पानी नआए तत्काल सम्पर्क गर्न अनुरोध गरेको छ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय परिसरबाट मेलम्ची खानेपानी पुनः वितरणको शुभारम्भ गरेका थिए ।

मन्त्रालयले एक सूचना जारी गर्दै पानी नआएको खण्डमा सम्पर्क गर्न विभिन्न सम्पर्क नम्बरहरू उपलब्ध समेत गराएको छ । मन्त्रालयले मेलम्चीको खानेपानी धारा जडान नभएमा या जडान भएका धारामा पानी नआएमा तोकिएका टेलिफोन नम्बरमा सम्पर्क गर्न आग्रह गरेको हो । 

मेलम्ची खानेपानी वितरणसम्बन्धी समस्या समाधान गर्न सरकारले सहजीकरण समिति गठन गरेको जनाएको छ । बाढी तथा पहिराका कारण अवरुद्ध भएको मेलम्चीको पानी पुनः काठमाडौं ल्याइएको हो ।

गत पुस ३ गते मेलम्ची खानेपानी विकास समिति र निर्माण व्यवसायी सिनो हाइड्रोबीच २८ दिनमा मेलम्चीको पानी काठमाडौं ल्याउने सहमति भएको थियो । विसं २०७८ असार १ गते मेलम्ची खोलामा आएको बाढी पहिरोपछि आयोजनाको मुहान क्षेत्र क्षतिग्रस्त बनेको थियो ।  





  • प्रकाशित मिति : माघ ३, २०८० बुधबार १२:४३:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया